2 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी भारतको शीर्ष डिभिजन लिग वुमन्स लिग (आईडब्लूएल) खेल्नका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सुरु लिम्बु भारत गएका हुन् । घरेलु फुटबलमा चारै खेलाडी लिग च्याम्पियन एपिएफमा आबद्ध छन् ।
एन्जिलाले सेथु एफसी, सावित्राले गोकुलम केरेला तथा रेनुका र सरुले नव प्रवेशी क्लब किक स्टार्टबाट खेल्नेछन् । यसअघि नयाँ सिजनका लागि गीता राना र एन्जिला तुम्बापो सुब्बा सेथुमा अनुबन्धित भएपनि लिग स्थगित हुँदा खेल हुन सकेन ।
त्यसयता गीता चोटका कारण मैदानबाहिर छिन् । सावित्राले यसअघि गोकुलमबाट २ सिजन र सेथुबाट एक सिजन खेलेकी थिइन् । पछिल्लो पटक गोकुलमले उपाधि जित्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी दिपा शाही पनि केहि दिनपछि लिग खेल्न भारत जाने तयारीमा छिन् । उनी लर्ड्स एफएबाट लिग खेल्नेछन् ।
यसपटक १६ टोली सम्मिलित रहेको लिग वैशाख १२ गतेबाट सुरु हुनेछ ।सहभागी टोलीलाई ८–८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । सेथु, किक स्टार्ट, लार्ड्स समूह बीमा छन् भने सावित्रा सम्मलित गोकुमल समूह एमा रहेको छ । दिपा अनुबन्धित लर्ड्स र सावित्राको गोकुलम दुवै केरला लिगमा खेल्ने गर्छन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]