2 years ago
April 13, 2023
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले सिरी ‘ए’ प्रतिद्धन्द्धी तथा यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।
मिलानले घरेलु मैदानमा नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा राफयल लियोको पासमा गोल गर्न सफल भएका थिए ।
मिलानोमा बुधबार राति भएको खेलमा नेपोलीले घरेलु टोली मिलानमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।
७४औं मिनेटमा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा चार मिनेटको अन्तरमा दोहोरो पहेलो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपोलीको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।
यस जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १८ अप्रिलमा नेपोलीको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके मिलान सेमिफाइनलमा पुग्नेछ । नेपोलीलाई कम्तीमा २–० को जितको खाँचो छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]