default_image

8 years ago

January 3, 2017

नेपाली महिला फुटबल टोली भोली स्वदेश फर्कने

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

img_8237
च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक भारतसँग सोमबार ३–१ ले पराजित भएसँगै च्याम्पियनसिपमा नेपालको यात्रा टुंगिएको थियो । चौथो संस्करणमा आइपुग्दा नेपाल पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको हो । यसअघि तीनै संस्करणमा नेपाल फाइनल पुगेको थियो । तीनै पटक फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।

समूह चरणमा दमदार प्रदर्शन गरेको नेपाल यसपटक पहिलो चोटी भारतसँग सेमिफाइनलमा भेट्नु परेको थियो । नेपालले समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराएर समूह विजेता बनेको थियो । तर, यसपटक भारत समूह चरणमा उपविजेता बनेपछि नेपालसँग अन्तिम चारमा भेट भएको थियो ।

समूह बीमा भारतले अफगानिस्तानलाई ५–१ ले हराएको थियो भने अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ६–० ले हराएको थियो । बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि समूह ‘बी’को उपविजेता भारतले समूह ‘ए’ को विजेता नेपालसँग अन्तिम चारमा प्रतिस्पर्धा गर्नु परेको थियो ।

तर, भारतले यसपटक पनि नेपालको यात्रामा पूर्णविराम लगाइदिएको छ । महिला फुटबलमा नेपालले अहिले सम्म भारतलाई हराउन सकेको छैन । नेपालले दक्षिण एसियामा हराउन नसकेको एकमात्र टोली भारत हो । यसअघि साफ च्याम्पियनसिपका ३ र दक्षिण एसियाली खेलकुद (साग) का दुई संस्करणको फाइनलमा नेपाललाई भारतले नै हराएको थियो ।

बंगलादेश पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल भएको छ । सेमिफाइनलमा माल्दिभ्सलाई ६–० ले हराएको बंगलादेशले बुधबार हुने च्याम्पियनसिपको फाइनलमा भारतको सामना गर्नेछ ।

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

Success

Thank you for your time.