2 years ago
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ ।
लयमा रहेका राष्ट्रिय टोलीका फरवार्ड दीपक राज सिंह ठकुरीले पहिलो हाफमा गरेको गोलको मदतमा जित हासिल गर्दै सातदोबाटो मनाङको शीर्षस्थान खोस्न सफल भयो । दशरथ रंगशालामा बुधबार १-० ले पराजित भएसँगै मनाङको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
सातदोबाटो ८ खेलमा ५ जित, १ बराबरी र २ हारसँगै १६ अंक जोडेर अग्रस्थानमा पुगेको हो । मनाङ भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हारका साथ १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
४० औं मिनेटमा सातदोबाटोले दीपक राज सिंह ठकुरीको गोलमा अग्रता लियो । निरज चौधरीले दिएको पासमा दीपकले आफ्नो गतिको प्रयोग गर्दै डिफेन्स लाइन बिट गरेपछि गोलरक्षक दिप कार्कीविरुद्ध वन भर्सेस वनमा गोल गरे । दिपकको यो लिगमा छैटौं गोल हो । त्यसअघि विलियम ओपोकुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली फ्रिकिक प्रहार गोलरक्षक दिपले पन्च गरेका थिए ।
६४ औं मिनेटमा विलियमको प्रहारमा पुन: दीप नै बाधक बने । पेनाल्टी क्षेत्र बाहिर ३ डिफेन्डर पार गर्दै मिडफिल्डरको शक्तिशाली प्रहार दीपले मुस्किलले बचाए ।
त्यसअघि दिउँसो भएको खेलमा संकटाले न्यू रोड टिमलाई २-१ ले हरायो । हिमालयन शेर्पाले एपिएफमाथि ५-३ को जित दर्ता गरेको हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]