default_image

2 years ago

April 12, 2023

एनआरटीमाथि संकटाको जित

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड मनिष डाँगीले लगातार दोस्रो खेलमा गोल गर्दा सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले न्यु रोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले २-१ को जित दर्ता गर्यो । संकटाका लागि जुनिअर एन्कुंगे र मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलस संगको गोल सान्तवना सिमित भयो । यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा छ । एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।

२२ औं मिनेटमा संकटाले जुनियर ओंगुने एनकुंगेको गोलमा अग्रता लियो । कर्नरमा आएको बललाई गोलरक्षक पुजन होनाले समात्न नसक्दा जुनियरले सहजै गोल गरे । ३७ औं मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे । नेल्सन कोन्फोरको थ्रु पासलाई मनिषले पेनाल्टी क्षेत्रभित्र लग्दै सुन्दर फिनिस गरे । मनिषले यसअघि आफ्नो पूर्वक्लब मच्छिन्द्रविरुद्ध २-१ को हारमा पनि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको सुरुवातमै संकटाले अग्रता बढाउने अवसर गुमायो । लेबनानका फरवार्ड युसुफ अथ्रिसले वन भर्सेस वनको स्थितिमा पोस्टभन्दा बाहिर प्रहार गर्न पुगे । ६२ औं मिनेटमा एनआरटीले गोल फर्कायो । दोस्रो हाफमा मैदान आएका लाल्जुनामाको प्रहार पोस्टमा लागेर फर्केपछि निकोलस सर्ज संगले खाली पोस्टमा गोल गरे ।

७८ औं मिनेटमा अथ्रिसको प्रहार क्रसबारमा लाग्दा संकटा अग्रता बढाउनबाट बन्चित भयो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको भली प्रहारलाई गोलरक्षक पुजन होनाले बचाउन डाइभ दिँदा हातमा लाग्दै क्रसबारमा ठोक्किएर बाहिरियो ।

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

Success

Thank you for your time.