2 years ago
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबका आबद्ध भएका छन् ।
महर्जनले बुधबार यो सिजनका लागि टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् । महर्जनले प्रशिक्षण दिन लागेको यो तेस्रो ए डिभिजन क्लब हो । यसअघि उनले घरेलु फुटबलका दुई सफल टोली थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । फ्रेन्ड्स क्लबमा भने उनले प्राविधिक टोलीमा रहेर काम गरेका थिए ।
नेपाली यू १९ लाई साफ च्याम्पियन बनाएका महर्जनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप तथा दुई वर्ष अघि स्वदेशमा पहिलो थ्री नेसन्स कप जिताएका थिए । उनले दुई वर्ष अघि भएको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई उपाधि दिलाएका थिए ।
केहि समय उनले राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए । आफैले एन्फा एकेडेमीमा प्रशिक्षण दिएका अनन्त तामाङ, एरिक विष्ट लगायत क्लब व्यवस्थापनले अनुरोध गरेपनि प्रशिक्षणका लागि तयार भएको महर्जनले बताए । ‘लिगमा अरु क्लबको पनि प्रस्ताव आएको थियो । तर छोटो समय भएकाले गइन्, ‘उनले भने, ‘आफैले हुर्काएका खेलाडी र क्लब व्यवस्थापनले प्रस्ताव गरेपछि ठिकै लाग्यो । फेरि एक पटक घरेलु फुटबलमा फर्कदा खुसी लागेको छ ।’
महर्जनको आगमनपछि क्लब उपाधि दौडमा फर्कनेमा क्लबका अध्यक्ष रुवेन राई आशावादी देखिएका छन् । प्रदीप हुमागाईले पनि राम्रो नतिजा दिलाउनु भएको थियो । अपराजित रह्यौं । वर्क परमिटका कारण उहाँले छाड्ने निर्णय लिनुभयो, राईले भने, उहाँले छाडेपनि खेलाडीहरु केहि निराश थिए । अहिले बालगोपाल महर्जनको आगमनले खेलाडीमा उत्साहित भएका छन् । हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । महर्जनको अनुभव र खेलाडीको उच्च प्रदर्शनले त्यो सम्भावना देख्दैछौं ।
७ खेल खेलको चर्च ब्वाइज १३ अंकका साथ ए डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो पटक ए डिभिजन लिग खेल्दै गरेको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । चर्च ब्वाइजले आठौं चरणमा बिहीबार साँझ दशरथ रंगशालामा फेन्ड्स क्लबको सामना गर्दा महर्जन टच लाइनमा हुनेछन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]