default_image

2 years ago

April 11, 2023

मच्छिन्द्रको गोल वर्षा, आफिज एक्लैको ५ गोल!

343 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ ।

च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल घर्ती मगरले अर्को गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउले २ तथा स्टेफन बिनोङले १ गोल गरे ।

खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती अग्रता दिलाए । सुरज विकको लामो पासलाई अफिजले शारीरिक शक्तिको उपयोग गर्दै उत्कृष्ट टर्न गरे । भारतीय डिफेन्डर सान्विल कोस्टालाई पेनाल्टी क्षेत्र बाहिर बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र लगेर उनले फिनिस गरे ।

त्यसको ५ मिनेट नबित्दै आफिजले दोस्रो गोल गरे । चेन्चो ग्याल्सेनको पासमा डिफेन्स लाइन बिट भएपछि गोलरक्षकसँग वन भर्सेस वनमा बल फुस्केपनि पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आफिजले गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा विमलले तेस्रो गोल गरे । चेन्चोको सुरुवाती प्रहार गोलरक्षक देव लिम्बुले जोगाएपनि फर्केर आएको बललाई विमलले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरे ।

दोस्रो हाफको ५६ औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरे । विमलले गोलरक्षक देव लिम्बुलाई छक्याएर गरेको प्रहार पदम भट्टराईले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । आफिजले उक्त पेनाल्टीमा गोल गर्दै ४-० को अग्रता दिलाए ।

६१ औं मिनेटमा मेसुके ओलोमोउले खुमलटारका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए । स्टेफन बिनोङको पासमा मेसुकेले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरेका थिए ।

तर एक मिनेट नबित्दै आफिजले ४ गोलको अग्रता पुन: स्थापना गरे । पुजनले मिडफिल्डबाट दिएको पासलाई आफिजले गोलरक्षक देवको टाउको माथिबाट प्रहार गर्दै आफ्नो व्यक्तिगत चौथो गोल गरे ।

६७ औं मिनेटमा आफिजले व्यक्तिगत पाँचौ गोल गरे । आन्द्रेस नियाको लामो पासलाई आफिजले हेडरमार्फत गोल गरे । ७६ औं मिनेटमा स्टेफन बिनोङले खुमलटारका लागि पेनाल्टीमा गोल गर्दै स्कोर ६-२ को स्थितिमा ल्याए । ८१ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ६-३ बनाए ।

८३ औं मिनेटमा मच्छिन्द्रका प्रशान्त अवस्थीको शक्तिशाली प्रहार क्रसबारको भित्रि भागमा लाग्दै फर्कियो । ८७ औं मिनेटमा वैकल्पिक फरवार्ड विजय भुजेलले गोल गर्दै मच्छिन्द्रको अग्रता ७-३ मा बढाए ।

यस जितसँगै मच्छिन्द्रले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको छ । खुमलटार ८ खेलमा ७ अंकका साथ दशौं स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युवा क्लबलाई ३-१ ले पराजित गर्यो । आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे । जावलाखेलका सुनिल खड्काको गोल सान्तवना सिमित भयो ।

March 28, 2025

एनएसएलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]

March 28, 2025

धनगढी एफसीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]

March 28, 2025

तिलोत्तमा गोल्डकपले नयाँ च्याम्पियन पाउने

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]

Success

Thank you for your time.