2 years ago
April 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले आफिजले सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो ह्याट्रिक पूरा गरेका छन् । खुमलटारविरुद्ध च्यासल मैदानमा पहिलो हाफमै २ गोल गरेका आफिजले दोस्रो हाफमा २ गोल थापिसकेका छन् । ६२ औं मिनेटमा मच्छिन्द्र ५-१ ले अघि छ ।
खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती अग्रता दिलाए । सुरज विकको लामो पासलाई अफिजले शारीरिक शक्तिको उपयोग गर्दै उत्कृष्ट टर्न गरे । भारतीय डिफेन्डर सान्विल कोस्टालाई पेनाल्टी क्षेत्र बाहिर बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र लगेर उनले फिनिस गरे ।
त्यसको ५ मिनेट नबित्दै आफिजले दोस्रो गोल गरे । चेन्चो ग्याल्सेनको पासमा डिफेन्स लाइन बिट भएपछि गोलरक्षकसँग वन भर्सेस वनमा बल फुस्केपनि पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आफिजले गोल गरे ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा विमलले तेस्रो गोल गरे । चेन्चोको सुरुवाती प्रहार गोलरक्षक देव लिम्बुले जोगाएपनि फर्केर आएको बललाई विमलले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरे ।
दोस्रो हाफको ५६ औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरे । विमलले गोलरक्षक देव लिम्बुलाई छक्याएर गरेको प्रहार पदम भट्टराईले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । आफिजले उक्त पेनाल्टीमा गोल गर्दै ४-० को अग्रता दिलाए ।
६१ औं मिनेटमा मेसुके ओलोमोउले खुमलटारका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिएका छन् । स्टेफन बिनोङको पासमा मेसुकेले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरेका थिए ।
तर एक मिनेट नबित्दै आफिजले ४ गोलको अग्रता पुन: स्थापना गरे । पुजनले मिडफिल्डबाट दिएको पासलाई आफिजले गोलरक्षक देवको टाउको माथिबाट प्रहार गर्दै आफ्नो व्यक्तिगत चौथो गोल गरे ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]