default_image

2 years ago

April 11, 2023

बार्सिलोना बराबरीमा रोकियो

202 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ३६औं मिनेटमा राफिन्हाको प्रहारमा पनि गोलरक्षक नै बाधक बने । लगत्तै ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने ।

५६औं मिनेटमा जिरोनाले अग्रता लिन सुवर्ण अवसर खेर फाल्यो । कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्ज्युरी समयमा बार्सिलोनाले दुई अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ ।

बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ ।

March 31, 2025

बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले ला लिगामा गिरोनालाई ४-१ ले हराएको छ । शीर्षस्थानको बार्सिलोनाले रियल म्याड्रिड पुनः ३ अंकले पछि पारेको छ। पहिलो हाफमा लाडिस्लाभ क्रेइसीको आत्मघाती गोलपछि घरेलु टोलीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै अर्नाउट डान्जुमाले गिरोनाका लागि बराबरी गोल गरे। ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता […]

March 31, 2025

एस्टन भिल्ला एफए‌को अन्तिम चारमा

एजेन्सी – एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो। मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले। फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन्। […]

March 31, 2025

सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ। एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका‌ साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ। एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्‍यो। इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न […]

Success

Thank you for your time.