2 years ago
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अनुबन्ध गरेको पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले २ गोल गर्दा डेब्यु गरिरहेका विदेशी खेलाडी मोजेस टुमले १ गोल गरे । फ्रेन्ड्सका तोरीच जेब्रिनले एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित भएपछि दोस्रो हाफको ५१ औं मिनेटमा मोजेसले पुलिसलाई सुरुवाती अग्रता दिलाए । यसै खेलबाट मिडफिल्डर जो आइडु र मोजेसले पुलिसका लागि लिगमा डेब्यु गरेका थिए । बुद्ध बल तामाङले ५८ औं मिनेटमा पुलिसको अग्रता दोब्बर पारे ।
निर्धारित समयको ३ मिनेट बाँकी रहँदा फ्रेन्ड्सले खेलमा फर्कने संकेत दियो । तोरीचले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै अग्रता २-१ मा झारे । तर इन्ज्युरी समयमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको पहिलो जित पक्का गरे ।
यस्तै दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपिएफले अंक बाँडे । गोलरहित बराबरीमा सकिएको खेलमा चर्च ब्वाइजको तीन प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफमा जोस्पे बेम्पाले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइडको विवादास्पद निर्णय दिँदा चर्च ब्वाइज जितबाट बन्चित भएको थियो ।
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]
March 28, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]