2 years ago
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा नेपालको घरेलु फुटबलका दुई चिर परिचित प्रतिद्वन्द्वी थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने-सामने हुँदैछन् । विश्व फुटबलको चर्चित प्रतिस्पर्धा एल क्लासिकोलाई आधार मान्दै यस खेललाई नेप-क्लासिको पनि नाम दिइन्छ । खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।
मनाङ ६ खेलमा १४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । थ्री स्टार भने ६ खेलमा १० अंकका साथ छैटौं स्थानमा छ । तर आजै दिउँसो २ बजे हुने खेलमा चर्च ब्वाइजले एपिएफलाई पराजित गरे मनाङको शीर्षस्थानमा पकड गुम्नेछ । मनाङ छैटौं चरणमा शीर्षस्थानमा रहेकाले आफ्नो अपराजित यात्रा कायम राख्दै कम्तिमा पहिलो स्थानमा पकड जमाउन चाहन्छ ।
जारी लिगमा मनाङले ६ खेलमा ४ जित र २ बराबरीको नतिजा निकालेको छ । पहिलो खेलमा हिमालयन शेर्पा र तेस्रोमा मच्छिन्द्रसँग अंक बाँडेको मनाङले संकटा, एनआरटी, एपिएफ र फ्रेन्ड्सलाई पराजित गरेको छ । प्रशिक्षक किरण श्रेष्ठले मिडफिल्डर दिवान्दु डियाग्नेलाई लक्षित गर्दै टिम निर्माण गरेका छन् । राष्ट्रिय टोलीका ४ खेलाडीसहित टोली निकै बलियो देखिएको छ ।
फरवार्ड कोफी कोउडुले पछिल्लो ३ खेलमा ३ गोल गर्दै राम्रो सुरुवात गरेका छन् । सुमित श्रेष्ठले लेफ्ट विंगमा लगातर प्रभाव जमाउँदा कमल थापा पनि आक्रामक मिडफिल्डमा जमेका छन् । गोलरक्षक दिप कार्कीसँगै मनाङको रक्षापंक्तिले बलियो प्रदर्शन गरिरहेको छ । ६ खेलमा मनाङले मात्र ३ गोल खाएको छ ।
यता थ्री स्टारले ६ खेलमा ३ जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ । पहिलो खेलमा एपिएफसँग स्तब्ध भएको थ्री स्टार पाँचौ खेलमा जावलाखेलसँग पनि हारेको थियो । दोस्रो खेलमा फ्रेन्ड्ससँग ३-३ को बराबरी खेलेको थ्री स्टारले आर्मी, सातदोबाटो र खुमलटारलाई भने हराएको थियो ।
थ्री स्टारबाट आज अनुभवी फरवार्ड सन्तोष साहुखलले पुनरागमन गर्ने सम्भावना छ । पछिल्लो चार दिनयता टोलीसँग प्रशिक्षण गरेका सन्तोषले नयाँ सिजनका लागि सम्झौता गरिसकेका छन् । पूर्व क्लब मनाङविरुद्ध उनले सिजनको पहिलो खेल खेल्ने सम्भावना छ । विराज महर्जन पनि थ्री स्टार फर्केपछि पूर्व क्लब मनाङविरुद्ध उत्रने तयारीमा छन् ।
कप्तान विक्रम लामा फेरी पनि मिडफिल्डमा खेल्ने सम्भावना छ । पछिल्ला सिजन डिफेन्समा झरेका विक्रम आर्मीविरुद्ध मिडफिल्डमा छाएका थिए । युवा मिडफिल्डर लाकेन लिम्बु, दिपेश गुरुङ र अनिल महर्जनमध्य दुईले उनलाई साथ दिनेछन् । सातदोबाटोबाट प्रशिक्षक मेघराज केसीसँग थ्री स्टार आएका विदेशी खेलाडीद्वय पिटर सेगुन र अजायी मार्टिन्ससँगै आदित्य शाक्य पनि लयमा छन् ।
आजको खेल :
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]
March 28, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहीद स्मारक बी डिभिजन लिगअन्तर्गत झापा फुटबल क्लबसँग ब्वाइज युनियन क्लब बराबरीमा रोकिएको छ । ब्वाइज युनियनको यो लगातार तेस्रो बराबरी नतिजा हो । यता झापाले भने तेस्रो खेलमा आएर अंकको खाता खोलेको छ। ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४५औं मिनेटमा झापाले अग्रता बनायो । प्रदीप बुढाथोकीको पासमा निकेश श्रेष्ठले गोल […]