2 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले ३ पटक अग्रता जोगाउन नसक्दा सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबसँग अंक बाँडेको छ । दशरथ रंगशालामा आर्मी र सातदोबाटोको खेल ३-३ को बराबरीमा सकिएको हो ।
आर्मीका लागि जिलेस्पी जंग कार्कीले पहिलो हाफमा दुई गोल गर्दा सातदोबाटोले त्यसबिचमा बराबरी गोल गरेको थियो । दोस्रो हाफको सुरुवातमा सातदोबाटो खेलमा फर्केपनि दिपक गुरुङले आर्मीलाई अघि सारे । तर विलियम ओपोकुले ५ मिनेट बाँकी हुँदा फ्रिकिकमा दर्शनीय गोल गर्दै अंक दिलाए ।
यस बराबरीले सातदोबाटो ७ खेलमा १३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । आर्मी भने ७ खेलमा ९ अंकका साथ मध्य तालिकामा अवस्थित छ ।
खेलको चौथो मिनेटमा जगजित श्रेष्ठको पासमा कप्तान जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । जगजितले दायाँ विंगबाट दिएको क्रसलाई जिलेस्पीले हेडरमार्फत गोल गरेका थिए ।
खेलको २५ औं मिनेटमा तिन डिफेन्डरलाइ बिट गर्दै सातदोबाटोका दिपक राज सिंह ठकुरीले गरेको प्रहार आर्मीका सुरज बस्नेतलाई लाग्दै गोलमा परिणत भयो । गोलरक्षक अभिषेक बरालले दिएको लामो पास रोक्ने क्रममा सुरजले सन्तुलन गुमाएपछि दिपकले त्यसको फाइदा उठाए । पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दिपकको प्रहार सुरजलाई लाग्दा गोलरक्षक विकेश कुथु बिट भएका थिए ।
खेलको ३८ औं मिनेटमा जिलेसपीले नै व्यक्तीगत दोस्रो गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । सातदोबाटोका डिफेन्डर पासाङ लामाले ६ यार्ड बक्स अगाडिबाट क्लियर गरेको बल जिलेस्पीले रोक्न खोज्दा गोल भएको थियो ।
दोस्रो हाफको सुरुवातमै सातदोबाटो बराबरी गोल गर्दै खेलमा फर्कियो । ४८ औं मिनेटमा निरज चौधरीको क्रस गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा सार्दोर्बेक मात्मुरातोभले गोल गरेका थिए । विकेशले फुस्काएको बल सिधै मात्मुरातोभको खुट्टामा पुगेपछि उनले पहिलो टचमै फिनिस गरे ।
बराबरी गोलको ४ मिनेटपछि नै आर्मीले पुन: अग्रता लियो । दायाँ विंगबाट दीपक गुरुङले दिएको क्रस सिधै गोल भएको थियो । दिपकको क्रस गोलरक्षक अभिषेक बरालले ठम्याउन नसक्दा बल ६ यार्ड बक्समा बाउन्स हुँदै टाउको माथिबाट गोल भएको थियो ।
७५ औं मिनेटमा जिलेस्पीको क्रसमा नवयुग श्रेष्ठको प्रहार बेन्चबाट मैदान प्रवेश गरेका गोलरक्षक निशान थापामगरले विफल पारे । ८५ औं मिनेटमा विलियम ओपोकुले ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काए । उनको शक्तिशाली प्रहार गोलरक्षक विकेशले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोल भएको थियो ।
यसअघि आजै भएको खेलमा मच्छिन्द्र क्लबले संकटालाई तथा न्यु रोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबलाई समान २-१ ले पराजित गर्यो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]