default_image

2 years ago

April 9, 2023

विमल बने ‘प्लेयर अफ द म्याच’

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र क्लबका फरवार्ड विमल घर्ती मगर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटाविरुद्ध खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

संकटाविरुद्ध सुरुवाती अग्रता दिलाएका विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरे ।

खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले गोललाइन अगाडी उत्कृष्ट क्लिअर गर्दै स्कोर गोलरहित नै राखे । मनिष डाँगीले दिएको कटब्याकमा गोलरक्षक बिट भएपनि निसेनले बललाई पछाडी रहेका संकटाका खेलाडीसम्म पुग्न दिएनन् ।

१९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे । तर संकटाले २ मिनेट नबित्दै खेल बराबरी गर्यो । मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

इन्ज्युरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । आन्द्रेस नियाको उत्कृष्ट थ्रु पासमा डिफेन्स बिट हुँदा चेन्चोले हतारमा पहिलो टचमै गरेको प्रहार टिकेन्द्रले सहजै बचाए ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुन: अग्रता लियो । निसेन सुब्बाको लो क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए । उक्त प्रहार गोलरक्षक टिकेन्द्रले बचाएपनि रिबाउन्ड पोस्टभित्र जान पुगेको थियो । टिकेन्द्रले दोस्रो बल बचाउने प्रयास असफल हुँदा मच्छिन्द्र अघि बढेको हो ।

५५ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा आफिजको डाइभिङ हेडर पोस्टमा लागेर फर्कियो । लगत्तै अर्कोतर्फ युसेफ अथ्रिसको लामो दुरीको प्रहारलाई गोलरक्षक विशालले विफल पारे । उक्त रिबाउन्ड प्रहार गर्ने क्रममा जुनिअर एन्कुंगेले विशालमाथि फल गर्न पुग्दा स्थिति असामान्य बन्न पुगेको थियो ।

७० औं मिनेटमा विमलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक टिकेन्द्रले मुस्किलले बचाए । ७५ औं मिनेटमा अफिजको प्रहार पुन: पोस्टमा लाग्यो । विमलको थ्रु पासमा अफसाइड ट्रयाप बिट भएपछि आफिजले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेको थियो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.