default_image

2 years ago

April 9, 2023

मछिन्द्रको प्रशिक्षकमा केसी नियुक्त

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्रको मुख्य प्रशिक्षकमा अनुभवी प्रशिक्षक किशोर केसी नियुक्त भएका छन् ।

लगातार दुई उपाधि जिताएका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मच्छिन्द्र प्रशिक्षक विहिन बनेको थियो । उनको अनुपस्थितिमा क्लबका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले प्रशिक्षण सम्हालेका थिए । तर लगातार दुई खेल बराबरीमा रोकिएपछि क्लबले केसीलाई नियुक्त गरेको हो ।

केसी पछिल्लो सिजन जावलाखेलको मुख्य प्रशिक्षक थिए । यस सिजन सुनिल श्रेष्ठ जावलाखेलमा आएपछि केसीले कुनै टोली सम्हालेका थिएनन् । यस सिजन जावलाखेलले ७ खेलमा १४ अंक जोड्दै उच्च सुरुवात गरेको छ । मच्छिन्द्र भने ६ खेलमा ६ अंकका साथ ११ औं स्थानमा छ ।

आइतबार दिउँसो २ बजे सुरु भएको खेलमा मच्छिन्द्र र संकटा भिड्दा केसीले टचलाइनमा जिम्मेवारी सम्हालेका छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.