default_image

2 years ago

April 9, 2023

म्यानचेस्टर विजयी, चेल्सीको हार

108 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सफलता हात पार्दा चेल्सीले अर्काे हार बेहोरेको छ । युनाइटेडले घरेलु मैदानमा एभर्टनलाई २–० ले पराजित गरेको छ ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने र एन्थोनी मार्सियालले गोल गरे । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा म्याक टोमिनेको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।

उनले जेडान सान्चोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७१औं मिनेटमा एन्थोनी मार्सियालले मार्कस रासफर्डको पासमा गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए ।

यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । समान ५६ अंक नै रहेपनि न्यूक्यासल युनाइटेड गोल अन्तरमा अघि छ । पराजित एभर्टन २७ अंक जोडेर १७औं स्थानमा छ ।

अर्काे खेलमा चेल्सी घरेलु टोली वल्भ्ससँग १–० ले पराजित भएको छ । वल्भ्सको जितमा पहिलो हाफमा म्याथिअस नुनेसले गरेको गोल नै निर्णायक बन्यो ।

अन्तरिम प्रशिक्षक बनेका फ्रान्क लाम्पार्डले आफ्नो पहिलो प्रशिक्षणमा चेल्सीलाई सफलता दिलाउन सकेनन् । यस जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । समान ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा छ ।

अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध नटिङहम (–०)
ब्रेन्टफर्डविरुद्ध न्यूक्यासल (१–)
फुलहमविरुद्ध वेस्ट ह्याम (०–)
लेस्टरविरुद्ध बर्नमाउथ (०–)
टोटेनहमविरुद्ध ब्राइटन (–१)
साउथह्याम्टनविरुद्ध म्यानचेस्टर सिटी (१–)

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.