default_image

1 year ago

April 8, 2023

भियतनामविरुद्ध नेपालकाे टोलीमा एक परिवर्तन

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत भियतनामजिरुद्धको पहिलो चरणको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय टोलीमा एक परिवर्तन भएको छ ।

मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामविरुद्धको दोस्रो खेलमा टोलीमा एक परिवर्तन गरेको हो । यसअघि पहिलो खेलमा मौका पाएका रश्मी कुमारी घिसिङलाई बेन्चमा राख्दै विमला चौधरीलाई पहिलो रोजाईमा राखेको छ ।

नेपाली टोलीको आक्रमण फरवार्ड सावित्रा भण्डारीसँगै विमला चौधरी र अमिष कार्कीले सम्हाल्नेछिन् । उनीहरुलाई दिपा शाही, अनिता केसी र सरु लिम्बुले मिडफिल्डबाट साथ दिनेछन् ।

यस्तै डिफेन्समा अमृता जैशी र समिक्षा घिमिरेको जोडी मध्यभागमा हुनेछ । विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा नियमित छिन् ।

बेन्चमा अन्जना राना मगर र उषा नाथलाई राखेका छन् । डिफेन्डर सिर्जना चेम्जोङ डेब्युको प्रतीक्षामा रहँदा पुजा राना र निशा थोकर पनि बेन्चमा छन् । अनुभवी मिडफिल्डरद्वय रेनुका नगरकोटे र अनिता बस्नेतसँगै रश्मी कुमरी घिसिङ र सविता रानामगर वैकल्पिक खेलाडीको रुपमा छन् । फरवार्डको विकल्पमा रेखा पौडेल र निर्मला विक छन् ।

नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो । नेपालका लागि एक मात्र गोल फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले गरेकी थिइन् । पहिलो खेलमै फराकिलो हार बेहोरेको नेपालको दोस्रो चरणमा छनोट हुने सम्भावना झिनो छ ।

दोस्रो चरणमा छनोट हुन नेपालले पाहुना टोली भियतनामविरुद्ध फराकिलो जित निकाल्नुपर्ने हुन्छ । तर, बलियो भियतनामविरुद्ध जित निकाल्न नेपाललाई कठिन नै हुनेछ । यता, पहिलो खेलबाट नै सहज जित निकाल्दै दोस्रो चरणमा छनोट हुन एक कदम अगाडि बढेको भियतनाम घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ ।

भियतनामलाई दोस्रो चरणमा छनोट हुन झिनो हार या बराबरीको नतिजा नै पर्याप्त हुनेछ । पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् । दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ ।

शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.