default_image

2 years ago

April 8, 2023

नेपोलीको जित, इन्टर र मिलान रोकियो

133 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको नेपोलीले संघर्षपूर्ण जित निकाल्दा इन्टर मिलान र एसी मिलान बराबरीमा रोकिएका छन् ।

नेपोलीले घरेलु टोली लेसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो । नेपोलीको जितमा जियोभानी डि लोरेन्जोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लेसका फेडरिको डि फ्रान्सिस्कोले गोल फर्काए ।

लेसमा शुक्रबार राति भएको खेलको १८औं मिनेटमा जियोभानी डि लोरेन्जोको गोलबाट नेपोलीले सुरुवाती अग्रता लिन सफल भयो । उनले मिन जाई किमको पासमा गोल गर्न सफल भएका थिए ।

५२औं मिनेटमा फेडरिकोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा लादमिरो फाल्कोनले आत्मघाती गोल गरेपछि नेपोली खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । नेपोलीको २९ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको लाजियोको ५५ अंक छ । पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।

अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान घरेलु टोली सालेरनिटानासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टरका रोविन गोसेन्सले गोल गर्दा सालेरनिटानाका एन्टोनियो कानड्रेभाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै यन्टर २९ खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । सालेरनिटाना २९ अंक जोडेर १५औं स्थानमा छ ।

अर्काे खेलमा एसी मिलान र इम्पोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले मिलान २९ खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । इम्पोली ३२ अंक जोडेर १४औं स्थानमा छ ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.