default_image

1 year ago

April 7, 2023

रेनुका र सरुले पनि भारतीय लिग खेल्ने

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतको शीर्ष डिभिजन लिग इन्डियन वुमन्स लिग (आइडब्लूएल) खेल्ने भएका छन् । दुवैलाई नव प्रवेशी क्लब किक स्टार्ट फुटबल क्लबले अनुबन्ध गरेको हो ।

नेपाल एपिएफ क्लबबाट सँगै खेल्दै आएका दुवै हाल राष्ट्रिय टोलीमा रहेका छन् । राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रेनुकाले चोटका कारण नेपालमा भदौमा भएको साफ महिला च्याम्पियनसिप गुमाएकी थिइन् । त्यसपछि उनले टोलीमा पुनरागमन गरेपनि प्रशिक्षक अनन्त राज थापाको रोजाइमा पर्न सकेकी छैनन् ।

रेनुकाले भियतनामविरुद्ध दशरथ रंगशालामा भएको पहिलो खेलमा अवसर पाएकी थिइनन् । रेनुका नेपाली टोलीमा हाल रहेका खेलाडीमध्य सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले २०१० मा भएको साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् ।

सरुले भने पूरा समय मैदानमा बिताउँदै नेपालको एकमात्र गोलमा असिस्ट समेत दिएकी थिइन् । सरुले भने सन् २०१६ मा डेब्यु गरेकी थिइन् । उनी त्यसयता नियमित रुपमा खेल्दै आएकी छिन् ।

यसअघि नयाँ सिजनका लागि गीता राना र एन्जिला तुम्बापो सुब्बा सेथुमा अनुबन्धित भएपनि लिग स्थगित हुँदा खेल हुन सकेन । त्यसयता गीता चोटका कारण मैदानबाहिर छिन् । गोकुलम केरलाले सावित्रा भण्डारीलाई टोलीमा राख्दा दिपा शाहीले पनि लर्ड्स एफएबाट लिग खेल्दैछिन् ।

यसपटक १६ टोली सम्मिलित लिग २५ अप्रिलबाट सुरु हुँदैछ । सहभागी टोलीलाई ८-८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दिपा अनुबन्धित लर्ड्स र सावित्राको गोकुलम दुवै केरला लिगमा खेल्ने गर्छन् ।

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

Success

Thank you for your time.