default_image

2 years ago

April 7, 2023

पुरुष फुटबल टोलीका महिला फिजियो

457 views

0 Bookmark

खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् ।

नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको फिजियोमा महिला थिए । फ्रेन्ड्समा राष्ट्रिय टोली समेत हेरिसकेकी नविना श्रेष्ठ वैद्य थिइन् भने मनाङमा उमेर समूहको टोली हेरिसकेकी कर्मा गुरुङ । दुवैले यिनै क्लबमार्फत फुटबलमा प्रवेश गरेका थिए ।

पाँच वर्षअघि फ्रेन्ड्सले नविनालाई टोलीम आबद्ध गर्दा अन्य कतिपय ए डिभिजन क्लबले फिजियो समावेश गरेका थिएनन् । तर एएफसी क्लब लाइसेन्स र एन्फाले पनि लिग खेल्ने क्लबलाई फिजियो अनिवार्य गरेपछि सबै क्लबले टोलीमा फिजियो राख्दै आएका छन् । यस सुचिमा मनाङले पनि महिला फिजियोको रुपमा दुई वर्षअघि कर्मा गुरुङलाई भित्र्यायो ।

नविनाले फ्रेन्ड्स हुँदै उमेर समूहको राष्ट्रिय टोली र महिला राष्ट्रिय टोलीमा फिजियोको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । कर्माले पनि यसै वर्ष उमेर समूहको टोलीमा अवसर पाइन् । दुवैले यस क्षेत्रमा आ-आफ्नो अनुभव र भविष्यबारे यसरी चर्चा गरे :

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.