default_image

2 years ago

April 7, 2023

कोफीको दुई गोलमा मनाङको जित

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड कोफी कोउडुको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा मनाङले २-० को जित दर्ता गरेको हो ।

खेलको सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न सकेन । त्यसपछि मनाङले लगातार दवाव कायम गर्दै अग्रता लियो । दोस्रो हाफको सुरुवातमै मनाङले अग्रता दोब्बर पार्यो । मनाङमका मिडफिल्डर कमल थापा घाइते भएपछि फ्रेन्ड्सले केहि अवसर सिर्जना गरेको थियो । तर फ्रेन्ड्स गोल फर्काउन पटक पटक चुकेपछि मनाङ जित दर्ता गर्न सफल रह्यो ।

यस जितसँगै मनाङले ६ खेलमा ४ जित र २ बराबरीका साथ १४ अंक जोडेको छ । यता फ्रेन्ड्स भने ६ खेलमा ४ अंकसाथ रेलिगेसनको डरमा छ ।

पाँचौ मिनेटमा फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली हाफ भलीलाई गोलरक्षक तथा कप्तान दिप कार्कीले विफल पारे । त्यसअघि भारतीय फरवार्ड उत्तम राईको प्रहार पनि गोल हुन सकेन ।

१८ अ‍ौं मिनेटमा मनाङले पनि अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । सुमित श्रेष्ठले बाँया विंगबाट निर्माण गरेको उत्कृष्ट मुभलाई टोगोका फरवार्ड कोफी टिमोथी कोउडुले सदुपयोग गर्न सकेनन् । उनको हेडर पोस्टभन्दा बाहिर गएको थियो ।

२८ अ‍ौं मिनेटमा मनाङका लागि रोशन राना मगरको प्रहार पोस्ट नजिकबाट बाहिरियो । कमल थापाले डिफेन्स लाइन चिर्दै दिएको पासलाई रोशनले पेनाल्टी क्षेत्र भित्र दायाँ भागमा पाए । अफसाइड ट्र्याप बिट गरेपछि उनको अन्तिम प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टबाट समेत बाहिरियो ।

खेलको ३५ अ‍ौं मिनेटमा मनाङले अग्रता लियो । कोउडुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार मनाङकै पूर्व गोलरक्षक विशाल सुनारलाई बिट गर्दै बटम कर्नरमा गोल भएको थियो । पेनाल्टी क्षेत्र बाहिर फ्रेन्ड्सले पोसेसन गुमाएपछि गोलको अवसर सिर्जना भएको थियो ‌।

४२ अ‍ौं मिनेटमा कोफीकै प्रहारलाई गोलरक्षक विशालले विफल पारे । ४४ अ‍ौं मिनेटमा टोरिच जेब्रिनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक दिपले मुस्किलले बचाए ।

दोस्रो हाफको सुरुवातमै मनाङले अग्रता दोब्बर पार्यो । कोफीले सुमित श्रेष्ठले दिएको पासलाई ६ यार्ड बक्स अगाडिबाट गोल गरे । काउन्टर अट्याकमा दीपले दिएको पासलाई रणदिप पौडेलले मिडफिल्डबाट सुमितलाई दिए । सुमितले बल पेनाल्टी क्षेत्र भित्र लगेर अन्तिम पास दिँदा गोलरक्षक र डिफेन्स बिट भएपछि कोफीले सहज फिनिस गरे ।

६१ अ‍ौं मिनेटमा कमल थापाको प्रहार पोस्टमा लाग्दा मनाङले अग्रता बढाउन सकेन । पेनाल्टी क्षेत्रको दायाँ भागबाट उनले आउटसाइड फुटले गरेको प्रहार पोस्टमा लागेको थियो ।

७७ अ‍ौं मिनेटमा मिडफिल्डर कमल थापा घाइते हुँदा उनलाई स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो । ८० अ‍ौं मिनेटमा फ्रेन्ड्सका उत्तमको क्रसमा रफिक अमिनुको हेडर पोस्टभन्दा थोरै परबाट गयो । ९० अ‍ौं मिनेटमा श्याम बाबु क्यापछाकीको कर्नरमा उत्तमको हेडर बाहिरियो ।

इन्ज्युरी समयमा मनाङका जिवन गुरुङको प्रहार गोलरक्षक विशालले विफल पारे ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.