default_image

2 years ago

April 6, 2023

बार्सिलोनाविरुद्धको ह्याट्रिकमा बेन्जेमाको कीर्तिमान

375 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले बुधबार राति भएको ‘एल क्लासिको’ मा ह्याट्रिक पूरा गर्दै नयाँ इतिहास रचेका छन् ।

बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा ह्याट्रिक पूरा गरेपछि बेन्जेमाले नयाँ कीर्तिमान बनाएको हो । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा ४–० को जित निकालेको खेलमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रियल समग्रमा ४–१ को जितसहित फाइनलमा प्रवेश गरेको छ ।

बेन्जेमा सन् १९९५ मा इभान जामोरानोपछि एल क्लासिकोमा ह्याट्रिक गर्ने पहिलो रियल म्याड्रिड खेलाडी बनेका छन् । यस्तै बेन्जेमा ६० वर्षपछि अर्थात् सन् १९६३ मा फेरेन्क पुस्कासपछि बार्सिलोनाको मैदानमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

हंगेरीका पुस्कासले त्यसबेला नोउ क्याम्प र सान्टियागो बर्नबेउमै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि उनले स्पेनिस ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।

यस्तै रियलले १९९५ को जनवरी यता बार्सिलोनाविरुद्ध पहिलोपटक चार गोलको अन्तरमा जित निकालेको हो । यसअघिका केही खेलहरुमा रियलले जित निकालेपनि चार गोलको अन्तरमा जित निकाल्न सकेको थिएन ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.