default_image

2 years ago

April 6, 2023

आर्मीमाथि थ्री स्टारको जित

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

थ्री स्टारले आर्मीमाथि १–० को जित निकालेको हो । च्यासल रंगशालामा बिहीबार भएको खेलमा थ्री स्टारको जितमा पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो ।

उनले १७औं मिनेटमा कप्तान विक्रम लामाको थ्रु बलमा अफसाइड ट्याप बिट गर्दै वान भर्सेस वानको स्थितिमा सुन्दर फिनिस गर्न सफल भएका थिए ।

जारी लिगमा उनको यो चौथो गोल हो । उनी सर्वाधिक गोलकर्ताको दौडमा सातदोबाटोका दीपक राज सिंह ठकुरी भन्दा एक गोलले पछि छ ।

एक गोलको अग्रता लिएको थ्री स्टारले त्यसलाई जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो । थ्री स्टारकाे याे तेस्राे जित हाे । यता, एक गोलले पछि परेको आर्मीले थ्री स्टारलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा यो सिजन लिगमा दोस्रो हार बेहोर्न पुग्यो ।

यस जितसँगै थ्री स्टार ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.