default_image

2 years ago

April 3, 2023

भुटानका कप्तान चेन्चो मछिन्द्रमा अनुबन्धित

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ ।सम्झौतामा मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । उनीहरुको सम्झौता रकम खुलाइएको छैन ।

सम्झौतासँगै भुटानी रोनाल्डोको नामले चर्चित चेन्चो लिगको छैटौं चरणकाे खेलदेखि मछिन्द्रको जर्सीमा देखिने छन् । उनले ७७ नम्वरको जर्सी नै लगाउनेछन् । मछिन्द्रमा अनुबन्ध भएसँगै चेन्चोले नेपालको लिग पहिलोपटक खेल्न लागेको र नयाँ चुनौती र यात्राको प्रतिक्षामा रहेको बताएका छन् ।

चेन्चोले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसँगै भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेलेका थिए । पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ । चेन्चोले आई लिगमा १२ खेलमा ३ गोल गरेका थिए ।

यस सिजन मछिन्द्र खराब लयबाट गुज्रिरहेको मछिन्द्र पाँच चरणको समाप्तिमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । टोलीका नियमित कप्तान सुजल श्रेष्ठ र विशाल राई अष्ट्रेलिया गएसँगै मछिन्द्रको प्रदर्शन सोचेअनुरुपको हुन सकेको छैन ।

चेन्चो दुई साता यता नेपालमै छन् । उनी ९ देखि १७ चैतसम्म काठमाडौंमा आयोजना भएको प्रधानमन्त्री थ्री नेसन्स कप दौरान नेपाल आएका थिए । चेन्चोको कप्तानीमा रहेको भुटान समूह चरणबाटै बाहिरिएको थियो ।

१७ गते भएको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजि तगर्दै उपाधि जित्न सफल भएको थियो । थ्री नेसन्स कपमा भुटानले नेपालसँग इतिहासमै पहिलोपटक १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.