2 years ago
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सोमबार देखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ राउन्डको खेलमा संकटा क्लब र विभागीय नेपाल एपिएफ क्लबले सफलता हात पारेका छन् ।
संकटाले खुमलटार युवा क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा जुनियर एनकेन्गेले गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यो सिजनमा संकटाको यो दोस्रो जित हो । दोस्रो जितसँगै संकटा ६ खेलबाट ९ अंक जोडेर छ्रैटौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार ६ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा झरेको छ ।
अर्काे खेलमा एपिएफले पुलिसलाई २–० ले पराजित गरेको छ । च्यासल मैदानमा एपिएफको जितमा हरि कार्की र सविन गुरुङले गोल गरे । दुवै गोल दोस्रो हाफका भएको थियो ।
खेलको ५८औं मिनेटमा हरि कार्कीको गोलबाट एपिएफले १–० को अग्रता लिन सफल भयो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा परिवर्तित खेलाडी सविन गुरुङले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । सविन ९०औं मिनेटमा नविन लामाको स्थानमा मैदान छिरेका थिए ।
यो सिजन निकै नै खराव लयमा रहेको पुलिसको यो पाँचौ हार हो । पुलिस ६ खेलबाट १ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएको एपिएफ ६ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १० अंक नै भएपनि जावलाखेल गोल अन्तरमा अघि छ ।
लिगमा मंगलबार दुई खेल हुनेछ । च्यासल रंगशालामा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]