default_image

1 year ago

April 2, 2023

अनमोल र सुजनले इंग्ल्यान्ड पुगेर प्रिमियर लिग हेर्न पाउने

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मीले इंग्लिस प्रिमियर लिग अन्तर्गत अर्को महिना हुने वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर युनाइटेडको खेल हेर्न पाउने भएका छन् ।

सोमबार राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट र मिडफिल्डर एरिक विष्टले गोलाप्रथामार्फत तानेको नाममा अनमोल र सुजनको नाम अंकित अर्धकट्टी आएपछि यी दुईले निशुल्क प्रिमियर लिग हेर्न पाउने भएका हुन् । खेल ७ मे २०२३ मा वेस्ट ह्यामको मैदानमा हुनेछ । प्रिमियर लिगको खेलसँगै यी दुईको दुइतर्फी हवाई टिकार र लन्डनमा ३ रात र ४ दिनको खर्च पनि अम्ब्रोले बेहोर्नेछ ।

नेपाल भर रहेको भाटभटेनीको शीर्ष १४ स्टोरमा अम्ब्रोको सामग्री खरिद गर्दा गोलाप्रथामा सहभागी हुने अवसर रहेको थियो । २७ जनवरी २०२३ देखि ३१ मार्च २०२३ सम्म दुई महिना चलेको अफरमा ६ सय ग्राहक गोलाप्रथामा सहभागी थिए । ५ हजार रुपैयाँ भन्दा बढीको सामग्री खरिद गर्नेले मात्र गोलाप्रथामा सहभागी हुने प्रावधान रहेको थियो । अम्ब्रो वेस्ट ह्यामको किट प्रायोजक हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.