2 years ago
April 2, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सफलता हात पार्दा शीर्ष दौडमा रहेको इन्टर मिलानले हार बेहोरेको छ ।युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित आत्मसात् गरेको हो ।
युभेन्ट्सको जितमा दोस्रो हाफमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज स्टेडियमा टुरिनमा शनिबार राति भएको खेलमा मोइस किनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यस जितले युभेन्ट्स २८ खेलबाट ४४ अंक जोडेर सातौं स्थानमा रहेको छ । पराजित भेरोना १९ अंक जोडेर १८औं स्थानमा छ ।
अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा फियोरेन्टिनासँग १–० ले स्तब्ध बनेको छ । इन्टरलाई स्तब्ध पार्न ५३औं मिनेटमा जियाकोमो बोनाभेन्चुराले गरेको गोल नै निर्णायक बन्यो ।
यस हारले इन्टर मिलानले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । इन्टर २८ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । इन्टरलाई हराएको फियोरेन्टिना ४० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]