default_image

1 year ago

April 2, 2023

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

166 views

0 Bookmark

एजेन्सी – जर्मन ‘डेर क्लासिकेर’ मा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै बायर्न शीर्षस्थानमा फर्किएको हो । बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गरे । एक गोल उपहार पाएको थियो । डर्टमुन्डका इम्री क्यान र डोनेल मालेनले गोल फर्काए ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १३औं मिनेटमा गोलरक्षक ग्रेगर कोवेलको आत्मघाती गोलबाट बायर्नले अग्रता लिन सफल भएको थियो । १८औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले म्याथिज डे लेग्टको पासमा गोल गर्न सफल भएका थिए ।

२३औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । बायर्न यतिमै रोकिएन । ५०औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई ४–० ले अघि बढाए । उनले लिरोए सानेको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि पाहुना टोली डर्टमुन्डले दुई गोल थपेपनि जितको लागि पर्याीत भएन । ७२औं मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।

इन्ज्युरी समयमा डोनेल मालेनले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन । यस हारसँगै डर्टमुन्डले आफ्नो शीर्षतासमेत गुमाएको छ ।

प्रशिक्षक थोम टुचेलले आफ्नो पहिलो प्रशिक्षणको पहिलो खेलमा नै जित दर्ता गर्न सफल भएको छ । जुलियन नागेल्समनको स्थान लिएका टुचेलले आफ्नो पुर्व क्लब डर्टमुन्डलाई हराउन सफल भएको हो ।

शीर्षस्थानमा उक्लिएको बायर्नको २६ खेलबाट ५५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमुन्डको ५३ अंक छ ।

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

हिमाल खरेल, बिर्तामोड बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

Success

Thank you for your time.