2 years ago
March 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विंगर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अवार्डसँगै उनले ५ सय अमेरिकी डलर प्राप्त गरे ।
आयुष भुटानविरुद्ध लिग चरणको दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । तीनै खेलमा सुरुवात गरेका आयुषले नेपाली समर्थकमाझ जित हासिल गर्दा र गोल गर्न पाउँदा गौरव महसु गरेको बताए ।
विंगर मनिष डाँगी प्लेयर अफ द म्याच चुनिएका छन् । प्रतियोगिताको फाइनलमा विजयी गोल गरेका मनिष प्लेयर अफ द म्याच बन्दै २ सय ५० डलर प्राप्त गरे ।
नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो ।
लाओसका लागि फोथाभोंग सांग्भिलेले अग्रता दिलाएपछि नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।
खेलको १७ अौं मिनेटमा लाअोसले अग्रता लियो । उत्कृष्ट पासिङ मुभमा निर्मित आक्रमणलाई फोथाभोंग सांग्भिलेले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि सान्ग्भिलेले सहजै गोल गरे ।
२२ अौं मिनेटमा नेपालको बराबरी गर्ने प्रयासमा गोलरक्षक सेसाभाथ बाधक बने । नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रयास गोलरक्षकले बचाएका थिए ।
२४ अौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।
लगत्तै नेपालले अग्रता लिने अवसर गुमायो । मनिषले विंग ब्याकलाई बिट गरेपछि पेनाल्टी क्षेत्र भित्र कटब्याक गर्दै नविनलाई दिए । नविनले ६ यार्ड बक्स अगाडीबाट दिएको पास आयुषले गोल गर्न सकेनन् ।
दोस्रो हाफको ५५ औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् ।
६१ औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।
६९ औं मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।
खेलको ८७ औं मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]