2 years ago
March 30, 2023
एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा सबैखाले उपाधि जितिसकेका छन् ।
मेस्सीले विश्वकप जितेका छन् । रोनाल्डोले विश्वकप जित्न सकेका छैनन् । करिअरको उत्तरार्धमा रहेका यि दुई खेलाडी आ–आफ्नो राष्ट्रसँगै पुरुषतर्फ १ सय गोलको आँकडा पूरा गर्ने विश्वकै तीन मध्ये दुई खेलाडी हुन् । यो सुचीमा इरानका अली दाई पनि रहेका छन् ।
बुधबार बिहान कुराकाओविरुद्धको ७–० को जितमा ह्याट्रिक पूरा गर्दै मेस्सी राष्ट्रिय टोलीबाट १ सय गोलको आँकडा पार गर्ने इरानका अली दाई र पोर्चुगलका रोनाल्डोपछिको तेस्रो खेलाडी बनेका छन् ।
मेस्सीले १७४ क्याप जित्दा १०२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मेस्सीभन्दा अघि अली दाई (१०९) र रोनाल्डो (१२२) गोल अघि रहेका छन् ।
१ सय गोलको आँकडा पार गर्ने कीर्तिमान बनाएका रोनाल्डो र मेस्सीले हाल फिफा वरीयताको शीर्ष १० भित्र रहेका राष्ट्रविरुद्ध कति गोल गरेका छन् त ?
अहिलेको फिफा वरीयताअनुसार विश्व फुटबलका शीर्ष गोलकर्ता राेनाल्डाे र मेस्सीमध्ये कसले वरीयताकाे शीर्ष १० टोलीविरुद्ध बढी गोल गरेका छन् त ?
फिफाबाट पछिल्लो अद्यावधिक वरीयता अनुसार ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन शीर्ष १० मा रहेका छन् ।
वर्तमान विश्व च्याम्पियनका कप्तान मेस्सीले फिफाको शीर्ष १० टोलीहरूविरुद्ध सर्वाधिक १५ तथा रोनाल्डोले १४ गोल गरेका छन् ।
फिफाको शीर्ष १० मा मेस्सीको १५ गोल
मेस्सी र रोनाल्डोको यो स्कोरिङ चार्टमा रहेको एउटा संयोग यो हो कि ९ मार्च २०११ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पोर्चुगललाई २–१ ले हराएको दिन दुवैले गोल गरेका थिए ।
मेस्सीले ब्राजिल, फ्रान्स, नेदरल्यान्ड्स, क्रोएसिया, पोर्चुगल र स्पेनविरुद्ध गरी कुल १५ गोल गरेका छन् । मेस्सीले ब्राजिलविरुद्ध पाँच, फ्रान्स र क्रोएसियाविरुद्ध समान तीन, स्पेनविरुद्ध दुई र नेदरल्याण्ड्स र पोर्चुगलविरुद्ध समान एक गोल गरेका छन् । मेस्सीले हाल शीर्ष १० मा रहेका बेल्जियम, इङ्ल्यान्ड र इटालीविरुद्ध गोल गर्न सकेका छैनन् ।
फिफाको शीर्ष १० मा रोनाल्डोको १४ गोल
रोनाल्डोले नेदरल्याण्ड्सविरुद्ध चार, बेल्जियम र स्पेनविरुद्ध समान तीन, फ्रान्सविरुद्ध दुई तथा अर्जेन्टिना र क्रोएसियाविरुद्ध समान एक गोल गरेका छन् । रोनाल्डोले ब्राजिल, इंग्ल्याण्ड र इटालीविरुद्ध गोल गर्न सकेका छैनन् । रोनाल्डो र मेस्सीले फ्रान्स, क्रोएसिया, स्पेन र नेदरल्यान्ड्सविरुद्ध कुल १९ गोल गरेका छन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]