2 years ago
March 29, 2023
धनगढी (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
कागजी प्रक्रिया पूरा गर्न नसकेपछि क्यामरुनका दुई जना खेलाडीले खेल्न पाएनन् । ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो । मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गरे । जीवन गुरुङ, प्रशन्न श्रेष्ठ, अनिल गुरुङ र मनाङका लागिखेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो ।
पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र रेफ्रीसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो । त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सिमित रहन पुगेको थियो ।
खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायिजमलले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि टोलीले ५–० को अग्रता बनायो । खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे । क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि मैदानमा केहि अवसर बनायो तर गोल गर्न सकेन ।
मनाङका सायिजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ चुनिएर १० हजार रुपैयाँ प्राप्त गरे । बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्री स्टार क्लवबीच दोस्रो सेमीफाइनलको विजेतासंग मनाङले उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल खेल विहिबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]