2 years ago
March 29, 2023
सुनिल गाउँले, सिमरा
मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ ।
बुधबार सिमरा रगंशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशक पछि हिमालयन शेर्पा फाइनल प्रवेश ग¥यो । ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप– विजेता बनेको थियो । सिमरा रंगशालामा निरन्तर सहभागिता जनाउँदै आएको हिमालयन शेर्पाले दशक पछि तेश्रो पटक फाइनल यात्रा तय गरेको हो ।
हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशिल राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो ।
हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।
खेलको ८७ औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनल यात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निाशानले अर्को गोल थपे । डिबक्स भित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नुप¥यो ।
क्वाटरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामु निरिह देखियो । शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन । प्रतियोगिता अन्तर्गत विहिबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड विच दोश्रो सेमिफाइनल खेल हुने छ । शनिबार हुने फाइनल खेलको प्रमूख अतिथीका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादब उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]