default_image

2 years ago

March 28, 2023

यस्तो छ घाइते अन्जनको अवस्था

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग १-१ को बराबरी खेल्यो ।

खेलको दोस्रो हाफमा नेपालले फरवार्ड अन्जन विष्टलाई चोटका कारण गुमायो । भुटानका गोलरक्षक छिरिङ धेन्दुपसँग जुध्न पुग्दा अन्जन घाइते भएका थिए । गोलरक्षकविरुद्ध ५०/५० बलमा जुध्दा अन्जनले गरेको हेडर गोलरक्षकले बचाएपनि अन्जनको ढाडमा चोट लागेको थियो ।

राष्ट्रिय टोलीका फिजियो आविष्कार पुडासैनीले अन्जनलाई तुरुन्त मैदानभित्र प्रारम्भिक जाँच गरेका थिए । अन्जनको ढाडमा समस्या देखिएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो । अन्जनको ठाउँमा दिपक राज सिंह ठकुरी मैदान प्रवेश गरेका थिए ।

अन्जनलाई त्यसपछि थप परिक्षणका लागि रंगशाला बाहिर रहेको ब्लु क्रस हस्पिटलको इमर्जेन्सीमा लागिएको थियो । त्यहाँ प्रारम्भिक परिक्षण र एक्सरे गर्दा उनको ढाडमा गम्भीर समस्या नदेखिएको र ठोक्किन पुग्दा सामान्य दुखाइ देखिएको हो ।

डाक्टरले उनलाई मंगलबार राती खेलपछि नै टिम होटेलमा जान अनुमति दिएका छन् । अन्जनलाई विश्राम लिन सुझाव दिइएको छ । उनलाई दुई दिनमा थप जाँचका लागि बोलाइएको छ । यससँगै अन्जनले शुक्रबार हुने फाइनल गुमाउने प्रबल सम्भावना रहेको छ ।

यसअघि पनि अनुहारको चोटका कारण अन्जनले पहिलो खेल गुमाएका थिए । उनले शनिबारबाट मात्र सुरक्षा मास्क लगाएर प्रशिक्षण गरेका थिए । भुटानविरुद्ध खेलअघि पनि अन्जनले वार्मअप गर्ने क्रममा मास्क लगाएका थिए । तर खेल्न असहज हुने भएपछि उनले मास्कविना मैदान उत्रिएका थिए ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.