2 years ago
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले घरेलु टोली नेपालविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा अग्रता लिएको छ । पहिलो हाफको खेलमा नेपाल १-० ले पछि परेको हो ।
खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो । २९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले सेकेन्ड बारमा हेड गर्दा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।
नेपालले आजको खेलमा अन्जन विष्टलाई खेलाएको छ । लाओसविरुद्ध खेलबाट भरत खवासको स्थानमा अन्जनले पहिलो रोजाइमा अवसर पाएका हुन् । तर पहिलो हाफमा नेपालले राम्रो अवसर सिर्जना गर्न सकेको छैन ।
यस्तो छ समीकरण:
दुवै नेपाल र भुटानले समूह चरणमा लाअोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।
आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ । भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।
लाअोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]