default_image

1 year ago

March 27, 2023

कोन्टेले टोटेनहम छाडे

261 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक एन्टोनियो कोन्टेले १६ महिनाको जिम्मेवारीपछि आपसी सहमतिमा इंग्लिस क्लब टोटेनहम हटस्पर छोडेका छन् ।

कोन्टेले स्पर्स खेलाडीहरूलाई ‘स्वार्थी’ र क्लबको संस्कृतिको आलोचना गरेपछि उनी र क्लबबीच असमझदारी बढेको थियो । टोटेनहम प्रिमियर लिगमा चौथो स्थानमा रहँदा अन्य प्रतियोगिताबाट बाहिरिसकेको छ ।

कोन्टेले क्लब छाडेसँगै उनका सहायक क्रिस्टियन स्टेलिनीले बाँकी सिजन क्लब सम्हाल्नेछन् । पूर्व मिडफिल्डर रायन मेसनलाई उनको सहायक हुनेछन् ।

‘हामीसँग प्रिमियर लिगका १० खेलहरू बाँकी छन् र च्याम्पियन्स लिगमा स्थानका लागि हाम्रो हातमा लडाइँ छ,’ क्लबका अध्यक्ष डेनियल लेभीले भने, ‘हामी सबैलाई आवश्यक छ । हाम्रो क्लब र अद्भुत, वफादार समर्थकहरूको लागि उच्चतम सम्भव फिनिश सुनिश्चित गर्न सबैले कदम चाल्नुपर्छ ।’

कोन्टे बाहिरिएसँगै टोटेनहम मौरिसियो पोचेटिनोले सन् २०१९ मा क्लब छोडेपछि चार वर्षमा चौथो स्थायी प्रशिक्षकको खोजी गरिरहेको छ ।

टोटेनहमले मार्चको सुरुमा च्याम्पियन्स लिगमा एसी मिलानसँग हार बेहोरेको थियो । त्यसपछि च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडसँग पराजित हुँदै टोटेनहम एफए कपबाट बाहिरिएको थियाे ।

चेल्सी, युभेन्ट्स र इन्टर मिलानबाट लिग उपाधि जितेका इटालियन कोन्टेलाई नोभेम्बर २०२१ मा नुनो एस्पिरिटो सान्तोलाई बर्खास्त गरेपछि नियुक्त गरेको थियो ।

साउथह्याम्प्टनसँग ३–१ को जित निकालेको खेलमै कोन्टेले खेलपछि आफ्ना खेलाडी र क्लबको चर्को आलोचना गरेका थिए । ‘टोटेनहमको कथा यो हो । २० वर्षदेखि यो मालिक छ र उनीहरूले कहिल्यै केही जितेनन् । किन ?’ कोन्टेले भने, ‘यो क्लबसँगै प्रशंसकहरूका लागि पनि स्वीकार्य छैन ।’ लेभीको अध्यक्षतामा रहेको स्वामित्व समूहले सन् २००१ मा क्लब लिएपछि टोटेनहमले सन् २००८ मा लिग कप उपाधि जितेको थियो ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.