2 years ago
March 26, 2023
विराटनगर (हाम्रो खेलकुद) – लुका सकर क्लब विराट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । ए डिभिजन क्लब संकटा क्लबलाई सडन डेथमा हराउँदै लुका सकर अन्तिम चारमा पुगेको हो ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।
पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ । आजको खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए । लुकाका गोलकिपर मोहम्मद सनफिर म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]