2 years ago
March 26, 2023
सुनिल गाउँले, सिमरा
साविक विजेता न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘बी’ डिभिजन क्लब वीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध वीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनि वीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनटमा वीरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे ।
खेलको ७४ औं मिनटमा वीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनटमा अर्को अवसर गुमायो । निरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा वीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीयो ।
प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण वीरगञ्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो ।
खेलको सातौं मिनटमा कृति रत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोललाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दशहजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । नव जनजागृती क्लबले आयोजना गरेको प्रतियोगितामा सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]