2 years ago
March 26, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । जर्मनीले घरेलु मैदानमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुमाथि २–० को सहज जित हात पारेको हो ।
जर्मनीको जितमा दुवै गोल निकलस फुलक्रगले गरे । उनले पहिलो हाफमै गोल गर्न सफल भएका थिए । काई हाभर्टजले दोस्रो हाफमा पेनाल्टी चुकाएका थिए ।
मेवा एरिना माइन्ज जर्मनीमा शनिबार राति भएको खेलको १२औं मिनेटमा निकलस फुलक्रगले गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । उनले काई हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।
निकलस फुलक्रगले नै ३३औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले यसपटक मारिअस वल्फको पासमा गोल गर्न सफल भएका थिए ।
६८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि काई हाभर्टज पेनाल्टीमा चुक्दा जर्मनीले थप गोल गर्न सकेन ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]