2 years ago
March 26, 2023
एजेन्सी – परिवर्तित खेलाडीको रुपमा सिनियर टोलीमा डेब्यु गरेका फरवार्ड जोसेलु चम्कँदा स्पेनले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।
स्पेनले घरेलु मैदानमा नर्वेमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा स्पेनको सहज जितमा जोसेलुले दुई तथा ड्यानी ओल्मोले गोल गरे । पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित पक्का गर्यो ।
स्टेडियो ला रोसालेडा मालगामा शनिबार राति भएको खेलको १३औं मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछिको दुई गोल परिवर्तित खेलाडी जोसेलुको नाममा रह्यो । ८१औं मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान छिरेका जोसेलुले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्पेनलाई जित दिलाए ।
८४औं मिनेटमा फावियन रुइजको पासमा गोल गरेका जोसेलुले त्यसको एक मिनेटपछि नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल थप्न सफल भए ।
नर्वेविरुद्धको खेलमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेका ३२ वर्षीय जोसेलु सन् २००६ पछि स्पेनबाट डेब्यु गर्ने पाका खेलाडी बनेका छन् ।
यो सिजन क्लब फुटबलमा प्रभाव जमाएपछि जोसेलु प्रशिक्षक लुईस डेला फुइन्टेको नजरमा पर्दा अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए ।
यस जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । नर्वेले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]