2 years ago
March 25, 2023
विराटनगर (हाम्रो खेलकुद) – साविक विजेता विभागीय क्लब एपिएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार राति भएको खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित समय १–१ को बराबरीतर्फ उन्मुख खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि २–१ को अग्रता बनाउँदै जित पनि पक्का गरेको हो । खेलको तेस्रो मिनेटमा एपिएफका हरि कार्कीले हेडर गोलमार्फत अग्रता दिलाएका थिए । ड्रुकका गोलकिपरले सहि डाइव लगाए पनि हरिले हेडर गरेको बलले जाली चुमेको थियो ।
३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए । निर्धारित समय बराबरीतर्फ उन्मुख देखिएको बेला ७ मिनेट इन्ज्युरी समय थपिएको थियो । त्यही इन्ज्युरी समयको छैटौं मिनेटमा एपिएफले पेनाल्टी पाएको थियो ।
ड्रुक लुएलका खेलाडी कामगटे मुसाले हातले गोल लाइन क्लियर गरेपछि उनले रातो कार्ड पाएका थिए भने एपीएफले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गरेको थियो । एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।
आजको खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दी म्याच बनेका छन् । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।
विराट गोल्डकपको मुख्य प्रायोजकको रुपमा काब्रा ग्रुप रहेको छ भने । टिकेटिङ पार्टनरको रुपमा खल्ती एप रहेको छ । विराट गोल्डकपका खेलहरु कान्तिपुर सिनेप्लेक्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]