default_image

2 years ago

March 21, 2023

नेपालको रेफ्री टोलीले माल्दिभ्स-पाकिस्तान खेल खेलायो

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा रेफ्री टोलीले माल्दिभ्स र पाकिस्तानबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएको छ । माल्दिभ्सको लामु गान रंगशालामा घरेलु टोली १-० ले विजयी भएको खेलमा फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ मुख्य रेफ्री थिए ।

प्रकाशसँगै नेपालका फिफा सहायक रेफ्री विक्रम चौधरी र सहदेव श्रेष्ठले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । फोर्थ अफिसियलमा नेपालकै फिफा रेफ्री नविन्द्र महर्जन रहेका थिए । खेलमा माल्दिभ्सले १-० को जित दर्ता गरेको हो ।

खेलको २१ औं मिनेटमा इब्राहिम ऐसामले गरेको गोल नै निर्णायक भएको थियो । रेफ्री श्रेष्ठ भने खेल अवधिभर निकै व्यस्त रहे । उनले पहिलो हाफमै पाकिस्तानका ३ खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए । खेल अवधिभर माल्दिभ्सले १ रातो कार्ड र २ पहेंलो कार्ड तथा पाकिस्तानले ७ पहेंलो कार्ड पाएको थियो ।

March 11, 2025

अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा

एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्‍यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]

March 11, 2025

ललितपुरका प्रशिक्षक र २ खेलाडी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो‌। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]

March 11, 2025

न्युक्यासलसँग वेस्ट ह्यामको‌ हार

एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]

Success

Thank you for your time.