default_image

2 years ago

March 21, 2023

हालान्ड नर्वेको टोलीबाट बाहिरिए

193 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हालान्ड नर्वेको युरो कप छनोट २०२४ को टोलीबाट बाहिरिएका छन् । ग्रोइन चोटका कारण हालान्ड नर्वेको टोलीबाट बाहिरिएका हुन् ।

चोट बोकेर नर्वेको टोलीबाट बाहिरिएसँगै २२ वर्षीय हालान्डले यसै साता हुने युरो कप छनोटका दुई खेल गुमाउने छन् । नर्वेले यसै साता समूह ‘ए’ को खेलमा स्पेन र जर्जियाविरुद्ध खेल्दैछ ।

शनिबार एफए कपको क्वाटरफाइनलमा सिटीले बर्नलीलाई ६–० ले हराउँदा हालान्डले ह्याट्रिक पूरा गरेका थिए । उक्त खेलमा नै उनले ग्रोइनमा समस्या भोगेका थिए ।

‘एर्लिङलाई टोलीमा समेटेपनि उनले प्रशिक्षणमा असहज महसुस गरेपछि उनलाई टोलीबाट बाहिर राखिएको नर्वेका प्रशिक्षक स्टेल सोल्बाकेनले बताएका छन् । नर्वे राष्ट्रिय टोलीका डाक्टर ओला स्यान्डले हिजो र आजको परीक्षणपछि उनले यो साता खेल्न नसक्ने पुष्टि भएको बताएको छ ।

१९ वर्षको उमेरमा सन् २०१९ सेप्टेम्वरमा नर्वेका लागि डेब्यु गरेका हालान्डले नर्वेका लागि २३ क्याप जित्दा २१ गोल गरिसकेका छन् । हालान्डले यो सिजन सिटीका लागि ३७ खेलमा ४२ गोल गरिसकेका छन् । जसमा यस महिनाको सुरुमा च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगलाई ७–० ले हराउँदा उनको ५ गोल समेत समावेश छ ।

पेप गुआर्डीओलाले म्यानचेस्टर टिी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । सिटी एक खेल बढी खेलेको आर्सनलसँग ८ अंकले पछि छ ।

सिटीले १ अप्रिलमा घरेलु मैदानमा लिभरपुलसँग खेल्दैछ । सिटीले क्वाटरफाइनलमा जर्मन महारथी बायर्न म्युनिख र अर्काे महिना वेम्वलीमा एफए कपको सेमिफाइनलमा सेफिल्ड युनाइटेडसँग खेल्दैछ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.