2 years ago
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा लाओसको सामना गर्दैछ । भुटान पनि सम्मिलित यस प्रतियोगिताका लागि नेपालका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।
प्रशिक्षक भिन्सले ६ नयाँ खेलाडीलाई टोलीमा समेट्दा केही पुराना अनुहारले पनि टोलीमा पुनरागमन गरेका छन् । ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षकले टोलीको छनोट गरेका हुन् । त्यसैले पनि लिग दौरान घाइते भएका र शत प्रतिशत फिट नरहेका खेलाडीलाई टोलीमा नराखेको उनले बताए ।
‘मैले टोलीमा पूरा ९० मिनेट खेल्ने खेलाडीलाई मात्र हेरेको छु । क्लबमा पूरा समय खेलेका र राम्रो स्तरका खेलाडीले टोलीमा स्थान बनाएका छन् । केहि खेलाडी चोटका कारण पनि टोलीमा आउन सकेनन् । बाँकी ए डिभिजन लिगमा मैले सबै टोलीको खेल हेरेर टोली छनोट गरेको हुँ,’ उनले भने ।
राष्ट्रिय टोलीका लागि नियमित खेल्दै आएका फरवार्ड विमल घर्ती मगर यसपटक टोलीमा छैनन् । त्यस्तै चर्च ब्वाइजका लागि चोटका कारण पछिल्लो खेल गुमाएका अन्जन विष्ट भने टोलीमा छन् । संकटाविरुद्ध खेलमा उनको अनुहारमा चोट लागेको थियो । प्रशिक्षक भिन्सले अन्जन खेल्न सक्ने भएर नै टोलीमा राखेको बताए । विमलको हकमा भने उनी घाइते भएको प्रशिक्षकले जानकारी दिए ।
‘अन्जन खेल्न सक्छन् । हो उनले लिगको पछिल्लो खेल खेलेका थिएनन् । तर बुधबारका लागि उनी तयार छन् । विमलको खेल मैले हेरेको छु । उनी राम्रो खेलाडी हुन् । तर उनले मच्छिन्द्रबाट खेल्दा चोट बोकेका थिए । उनको ह्यामस्ट्रीङमा समस्या भएकाले यसपटक क्याम्पमा बोलाउन सकिएन,’ भिन्सले भने ।
तीन राष्ट्रबीच हुने प्रतियोगिताका लागि भुटान र लाओस आइतबार नै नेपाल आइसकेका छन् । दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । मनाङ मस्र्याङ्दी क्लबका सुमित श्रेष्ठ, एपिएफ फुटबल क्लबका मणि लामा र सनिश श्रेष्ठ, एफसी खुलमटारका पदम भट्टराई, सातदोबाटो युथ क्लबका अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
प्रशिक्षणमा सुरुमा २३ खेलाडीलाई समावेश गरिएको थियो भने सोमबार मात्र त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासलाई सामेल गराइएको थियो । सुरुमा बोलाइएका मध्ये मनाङ डिफेन्डर रणदीप पौडेल बाहेक २३ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
२३ मध्ये सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा अंकतालिकाको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट सर्वाधिक ४ खेलाडी समावेश गरिएको छ । अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ, आर्मी र संकटा क्लबबाट समान ३, शीर्षस्थानमा रहेको सातदोबाटो बाट २ तथा जावलाखेल युथ क्लब, खुमलटार र मछिन्द्र एफसीबाट समान १ खेलाडी राष्ट्रिय टोलीमा परेका छन् ।
लिगका अन्य टोली थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पाबाट भने राष्ट्रिय टोलीमा कोहि परेका छैनन् । भारतको राउन्ड ग्लास पन्जाबबाट खेल्दै आएका किरण चेम्जोङ र इन्डोनेसियाको प्रेसिक केडेरीका रोहित चन्द टोलीमा समावेश छन् ।
थ्री नेसन्समा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।
राष्ट्रिय फुटबल टोली:
गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)
मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)
फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]