default_image

2 years ago

March 20, 2023

क्लबले राष्ट्रिय टोली घोषणा गरे, एन्फाले अझै सकेन

594 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध पहिलो खेल खेल्दैछ । प्रतियोगिताका लागि लाओस र भुटान दुवै आफ्नो पूर्ण टोलीका साथ नेपाल आइसकेका छन् । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने हालसम्म प्रारम्भिक टोली घोषणा गर्न सकेको छैन । तर ए डिभिजन क्लबहरुले भने आ-आफ्नो तर्फबाट राष्ट्रिय टोलीमा बोलाइएका खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।

एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । भारतीय सुपर लिगको नर्थवेस्ट युनाइटेडबाट नेपाल आएका प्रशिक्षकले सम्झौता गरेपछि पत्रकार सम्मेलनमा युवा खेलाडीलाई अवसर दिने बताएका थिए । एन्फा प्रवक्ताका अनुसार प्रशिक्षकले हालसम्म एन्फालाई खेलाडी सुची बुझाएका छैनन् । तर क्लबहरुले भने राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी उपलब्ध गराएको सार्वजानिक रुपमा नै जारी गरिसकेका छन् ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रतियोगिताका लागि नेपाल आइसकेका छन् । मनाङ मर्स्याङ्दी क्लबले गोलरक्षक दीप कार्कीसँगै कमल थापा, रणदिप पौडेल र सुमित श्रेष्ठलाई टोलीमा बोलाइएको जानकारी दिएको छ । जावलाखेल युवा क्लबले आफ्ना डिफेन्डर आदित्य चौधरी राष्ट्रिय टोलीमा परेको फेसबुकमा लेखेको छ ।

एपिएफले पनि फेसबुकमार्फत मणि लामा, नविन लामा र सनिश श्रेष्ठ राष्ट्रिय टोलीको क्याम्पमा बोलाइएको बताएको छ । संकटाले आयुष घलान, मनिष डाँगी र निशान खड्का थ्री नेसन्स कपका लागि टोलीमा नै समेटिएको लेखेको छ । खुमलटारले पनि डिफेन्डर पदम भट्टराईलाई राष्ट्रिय टोलीमा समावेश गरिएको जनाएको छ ।

त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ, भरत खवास र विकास खवास टोलीमा समेटिएका छन् । त्यस्तै चर्च ब्वाइजका अनन्त तामाङ, आशिष चौधरी, अन्जन विष्ट र एरिक विष्ट पनि प्रशिक्षणमा समावेश छन् । मच्छिन्द्रबाट देवेन्द्र तामाङ र सुजल श्रेष्ठ चोटका कारण टोलीमा समावेश हुन सकेनन् । पुजन उपरकोटी भने राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् ।

एन्फा प्रवक्ता सुरेश शाह आफूले हालसम्म टोलीको नामावली नपाएको बताउँछन् । ‘हामीले नाम पाएका छैनौं । सम्भवत आज टोली थाहा हुन्छ होला । प्रशिक्षकले खेलाडी बोलाएर प्रशिक्षण गर्नुभएको छ,’ उनले भने ।

विगतमा एन्फाले क्लबहरुलाई पत्रचार गरेर प्रारम्भिक टोलीका लागि खेलाडी छनोट गर्थ्यो । उक्त सुची सार्वजनिक पनि गर्ने प्रचलन थियो । प्रारम्भिक छनोटपछि अन्तिम छनोटमा पनि टोली सार्वजनिक हुन्थ्यो । यसपटक भने एन्फाले सिधै अन्तिम टोली घोषणा गर्ने बुझिएको छ ।

विदेशी क्लब – रोहित चन्द र किरण चेम्जोङ

मनाङ मर्स्याङ्दी क्लब – दीप कार्की, कमल थापा, रणदिप पौडेल र सुमित श्रेष्ठ

चर्च ब्वाइज युनाइटेड – अनन्त तामाङ, आशिष चौधरी, अन्जन विष्ट र एरिक विष्ट

जावलाखेल युवा क्लब – आदित्य चौधरी

त्रिभुवन आर्मी फुटबल क्लब – नवयुग श्रेष्ठ, भरत खवास र विकास खवास

नेपाल एपीएफ फुटबल क्लब – मणि लामा, नविन लामा र सनिश श्रेष्ठ

संकटा क्लब – आयुष घलान, मनिष डाँगी, निशान खड्का

खुमलटार क्लब – पदम भट्टराई

मच्छिन्द्र क्लब – पुजन उपरकोटी

सातदोबाटो युथ क्लब – अभिषेक बराल र दीपक राज सिंह ठकुरी

थ्री स्टार, नेपाल पुलिस, फ्रेन्ड्स, एनआरटी, हिमालयन शेर्पा – कुनै खेलाडी बोलाइएको छैन ।

प्रशिक्षणमा रहेका २४ खेलाडी :

गोलरक्षक (३) – किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल

डिफेन्डर (८) – रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, रणदिप पौडेल, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई

मिडफिल्डर (८) – मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ

फरवार्ड (५) – दीपक राज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.