2 years ago
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली युवा टोलीलाई बिदाई गरेको छ ।
एन्फाले एक कार्यक्रम गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाई भएको हो । नेपाली यू१७ टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव तथा सहायक महासचिव दामोदर भट्टराई (बद्री), सदस्य तथा महिला समितिकी संयोजक सरिला श्रेष्ठ मलेकु, सदस्य मनिष जोशी, प्रवक्ता सुरेश शाहलगायतले सफलताको शुभकामनासहित बिदाई गरे ।
यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा मार्च २० मा भारतसँग खेल्नेछ भने दुई दिनपछि भुटानसँग खेल्नेछ । २६ मार्चमा रसियासँग तथा २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्ने छ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली अन्तिम टोली
गोलकिपरः सुजाता तामाङ, राधिका ओली र करुण बुढाथोकी
डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु
मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ
फरवार्डः दीपा रोकाया, वर्षा ओली र सेनु परियार
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]