default_image

2 years ago

March 17, 2023

मच्छिन्द्र र चर्च ब्वाइजको बराबरी

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको खेल बराबरीमा सकिएको छ । च्यासल मैदानमा सम्पन्न खेलमा मच्छिन्द्र पहिलो हाफमै १० खेलाडीमा समेटिएपनि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि चर्च ब्वाइजले अग्रता लिन सकेन । खेलको १२ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । त्यसपछि २७ औं मिनेटमा आशिष चौधरीले बायाँ विंगबाट दिएको कटब्याकमा आशिष चापागाईंको प्रहारले पोस्टको दिशा लिन सकेन ।

तर पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा मच्छिन्द्र १० खेलाडीमा समेटियो । पुजन उपरकोटीले जोसेफ बेम्पाहलाई कुइनोले हानेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए । जोसेफले सुरुवातमा फल गरेपनि पुजनले आक्रोशमा कुइनो उठाएपछि रेफ्री उक्त निर्णय लिएका थिए ।

दोस्रो हाफमा मच्छिन्द्रले अस्वस्थ विमलको स्थानमा सौरभ लिम्बूलाई मैदानमा पठाएको थियो । काउन्टर अट्याकमा भर परेको मच्छिन्द्रले केहि अवसर पनि पाएको थियो । यता चर्च ब्वाइजले भने दोस्रो हाफमा संख्यात्मक फाइदा भएपनि सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

यस बराबरीले चर्च ब्वाइजको अपराजित यात्रा कायम रहेपनि शीर्षस्थानमा उक्लने लक्ष्यमा भने धक्का लागेको छ । सुरुवाती तीन खेल जितेको चर्च ब्वाइज अघिल्लो खेलमा संकटासँग पनि गोलरहित बराबरीमा रोकिएको थियो ।

यता मच्छिन्द्र भने सुरुवाती २ खेल हारेपछि लगातार तीन खेलमा अपराजित छ । टोलीले ५ खेलमा ५ अंक जोडेको छ । चर्च ब्वाइज ५ खेलमा ११ अंकसाथ दोस्रो स्थानमा छ भने सातदोबाटो ५ खेलमा १२ अंकसाथ शीर्षस्थानमा रहेको छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.