default_image

2 years ago

March 17, 2023

स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप बैशाखमा

194 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – पर्यटन व्यवस्थापन समिति क्व्होलासोथर ३ घलेगाउँको आयोजनामा छैटौं स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८० को बैशाखमा आयोजना हुने भएको छ ।

आयोजकले जिल्ला भित्र र बाहिरको क्लबको सहभागितामा स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप बैशाख १ गतेबाट हुने जानकारी गराएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीमा नेपाल एपिएफ क्लब काठमाडौं, कास्की ११, पोखरा, रोड्स एफसी चितवन, गोर्खा ब्वाइज बुटवल, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, नेपाल भानु युनाइटेड तनहुँ, बुथ युथ क्लब (बिवाइसी) भोटेवडार लमजुङ, त्रिवेणी युवा क्लब लमजुङ, लाली गुरास यसवा क्लब भुजुङ र बेशीशहर युथ सोसाइटी लमजुङ रहेका छन् ।

गोल्डकपको विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ, कप र स्वर्णपदक प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख ५ सय ५५ रुपैयाँ, कप र रजतपदक प्राप्त गर्नेछ । सबै टोलीको खाने बस्ने व्यवस्था आयोजकले गर्नेछ ।

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.