2 years ago
March 17, 2023
एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे ।
पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल गरे ।
२७औं मिनेटमा भ्लाहोभिचको गोलले भिएअराबाट मान्यता पाएन । ४४औं मिनेटमा फ्रेइवगए १० खेलाडीमा समेटियो । म्यानुएल गुल्डे रातो कार्ड खाँद मैदानबाट बाहिरिए ।
४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
अर्काे खेलमा रियल सोसिडाडसँगको दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेल्दै समग्रमा २–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । रोमाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।
अन्य नतिजा
रियल बेटिसविरुद्ध म्यानचेस्टर युनाइटेड (०–१)
फेनरवाचविरुद्ध सेभिया (१–०) समग्रमा सेभिया २–१ ले विजयी
फियोनुर्डविरुद्ध साख्तर (७–१)
युनियन गिलोइसविरुद्ध युनियन बर्लिन (३–०)
फेरेन्कभारोसविरुद्ध लिभरकुसन (०–२)
आर्सनलविरुद्ध स्पोर्टिङ (०–०) पेनाल्टीमा स्पोर्टिङ विजयी
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]