2 years ago
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटारलाई पराजित गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीषस्थानमा उक्लिएको छ ।
खुमलटारलाई २–१ ले पराजित गरेपछि सातदोबाटोले एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेडलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
च्यासल रंगशालामा बिहीबार भएको खेलमा सातदोबाटोको जितमा सरदोरवेक मातमुराटोभ र दीपक राज सिंह ठकुरीले गोल गरे । खुमलटारका राजीव लोप्चनले एक गोल फर्काए ।
खेलको १३औं मिनेटमा सरदोरवेक मातमुराटोभले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । २५औं मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । जारी लिगमा दीपकको यो चौथो गोल हो ।
६३औं मिनेटमा राजीव लोप्चनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको सातदोबाटोको ५ खेलबाट १२ अंक पुगेको छ । एक खेल कम खेलेको चर्च ब्वाइजको १० अंक छ । पराजित खुमलटारको ५ खेलबाट ६ अंक छ ।
एन्फा कम्प्लेक्समा बिहीबारै भएको अर्काे खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले संकटाको ५ खेलबाट ६ अंक पुगेको छ । शेर्पाको ५ खेलबाट ५ अंक छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]