2 years ago
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । विभागीय डर्बीमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै एपिएफले चौथो खेलमा दोस्रो जित निकालेको हो । एपिएफको ७ अंकको पुगेको छ । आर्मीको ५ अंक छ ।
च्यासल मैदानमा मणीकुमार लामाको गोलमा एपिएफले महत्वपूर्ण जित निकालेको हो । ३७ औं मिनेटमा मणीले गरेको गोल निर्णायक बनेको थियो । अघिल्लो संस्करणमा एपिएफ र आर्मीले १–१ को बराबरी खेलेका थिए । आर्मीको भने चौथो खेलमा आइपुग्दा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
खेलको १५ औं मिनेटमा पदम तामाङको क्रस फरवार्ड नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मीले अग्रता लिने मोका चुकाएको थियो । २० औं मिनेटमा आर्मीका दिनेश हेन्जनको क्रसलाई विकास खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २८ औं मिनेटमा आमीको नवयुगको पासमा कप्तान भरत खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरिउको थियो । लगत्तै २९ औं मिनेटमा भरतले विपक्षी गोलकिपर बिट भएको अवस्थामा नजिकबाट गरेको प्रहारलाई एपिएफका रक्षकले क्लियर गरे ।
एपिएफले ३७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । विपन श्रेष्ठको क्रस मणीले उत्कृष्ट फिनिसिङ गरेका थिए । ५८ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको फ्रिकिकलाई एपिएफका गोलकिपरले सहजै बचाए । ७७ औं मिनेटमा आर्मीका भरतको क्रस सनिस श्रेष्ठले क्लियर गरे। ८४ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा आएको बललाई टोप विष्टले सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने अवसर गुमेको थियो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]