default_image

2 years ago

March 14, 2023

साविक विजेता मच्छिन्द्रको पहिलो जित

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबलाई २-१ ले हराउँदै मच्छिन्द्रले सिजनको पहिलो खेल जितेको हो ।

सुरुवाती दुवै खेलमा पराजित मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अंक जोडेको थियो । चौथो खेलमा पहिलो जित दर्ता गर्दा नाइजेरियन फरवार्ड अ‍ोलावाले अफिज खेलको नायक बने । यता पुलिस भने लगातार चार खेल हार्दै अंक नजोड्ने एकमात्र टोली बनेको छ ।

नवौं मिनेटमा पुलिसले कर्नरमा गोल गर्दै मच्छिन्द्रलाई स्तब्ध पारेको थियो । छोटो कर्नरपछि रवि पासवानले दिएको क्रसमा अन्जन राइले हेडरमार्फत गोल गरेका थिए ।

२९ अ‍ौं मिनेटमा आफिजले पेनाल्टी क्षेत्र भित्र लगातार प्रहारपछि आएको रिबाउन्डमा सहजै गोल गरे । ४१ अ‍ौं मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गरे । युटा सुजुकीको लामो पास डिफ्लेक्ट हुँदा गोलरक्षक झुक्किएपछि आफिजले बल नियन्त्रण लिँदै खाली पोस्टमा फिनिस गरे ।

त्यसअघि एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेले । मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको थियो ।

१६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेको प्रहार क्रसबारमा लागेर बाहिरिंदा संकटा अघि बढ्नबाट बन्चित भयो ।

१८ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिने सुवर्ण अवसर गुमायो । अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट खेलेको पासलाई आशिष चापागाईंले नियन्त्रणमा लिँदै प्रहार गरेका थिए । तर वन भर्सेस वनको स्थितिमा संकटाका लागि डेब्यु गरिरहेका गोलरक्षक विष्णु कुमार केसीले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित बराबरीमा राखे ।

४३ औं मिनेटमा कर्नरमा क्लियर हुन नसकेको बलमा बियिक बियिकले गरेको प्रहार एरिक विष्टले गोललाइन अगाडिबाट क्लियर गर्दै संकटालाई अग्रता लिन दिएनन् ।

दोस्रो हाफको मध्यतिर संकटाको अग्रता लिने प्रयासमा मनोज राई बाधक बने । इन्ज्युरी समयमा दुवै टोलीले अग्रता लिने अवसर गुमाए । मिलन राईको क्रसमा अन्जन विष्टको हेडर सिधै गोलरक्षक विष्णुको हातमा पुग्यो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेले वन भर्सेस वनको अवस्थामा गोलरक्षक एभ्स प्रिसोलाई बिट गर्न सकेनन् ।

इन्ज्युरी समयमा संकटाले पेनाल्टीको अवसर पायो । कमल श्रेष्ठले क्रस रोक्ने क्रममा हात प्रयोग गरेको भन्दै रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिए । मनिष डाँगीको पेनाल्टी गोलरक्षक प्रिसोले विफल पारे । लगत्तै रिबाउन्डमा गरेको प्रहार बाहिरिंदा खेल बराबरी भएको हो ।

त्यस्तै दशरथ रंगशालामा भएको पहिलो खेलमा कप्तान प्रकाश बुढाथोकीले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि फ्रेन्ड्स क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेको छ । जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै फ्रेन्ड्सले चौथो राउन्डमा जित दर्ता गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।

खेलको १९औं मिनेटमा रफिक एमिनुको गोलबाट फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । एख्रोवेक उक्तामोभको लामो पासलाई नियन्त्रणमा लिदै कप्तान प्रकाश बुढाथोकीले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिष देउलाले नियन्त्रणमा लिन नसकेको बललाई नजिकै रहेका रफिकले गोल गर्न सफल भए ।

४०औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरेपछि फ्रेन्ड्सले पहिलो हाफमा २–० को अग्रता दिलाए । लक्ष्मण रुचालको क्रसलाई रफिकले नभेटेको बललाई प्रकाशले दोस्रो बार च्याप्दै गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिषले बचाउन सकेनन् ।

त्यसपछि ८७औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै जावलाखेललाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्सले लिगमा पहिलो जित निकाल्न सफल भयो ।

पेनाल्टी बक्समा अमित तामाङले समिराज थोकरलाई फउल गरेपछि रेफ्रीले जावलाखेललाई पेनाल्टी प्रदान गर्दा फोफाना चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिन पुग्यो । रफिक अमिनुलाई हातले धकेलेपछि रेफ्री विश्वास कार्कीले कप्तान सिमान्त थापालाई दोहोरो पहेलो कार्डसहित मैदान बाहिर पठाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्स विजयी हुन सफल भयो ।

लिगको अंक तालिका, नतिजा, खेल तालिका लगायत सम्पूर्ण विवरण यहाँ लिनुहोस् ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.